हस्तकला महासंघको वाणिज्य तर्फको उपाध्यक्षमा दिल्लीरत्न तुलाधर निर्वाचित
काठमाडौं । नेपाल हस्तकला महासंघको शनिबार सम्पन्न ४१ औं वार्षिक साधारणसभाबाट रिच्युअल फ्रेट प्रा.लि. का प्रवन्ध निर्देशक दिल्लीरत्न तुलाधर वाणिज्य समुह तर्फको उपाध्यक्षमा निर्वाचित भएका छन । हस्तकला क्षेत्रका चर्चित व्यवसायी तुलाधर युवाहरुलाई नेपालमै सम्भावना देखाउँने अभियान ‘सम्भव छ’ का संस्थापक समेत हुन् ।
शनिबार सम्पन्न वार्षिक साधारणसभाले प्रचण्ड शाक्यको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र प्रदेश हस्तकला संघ तर्फको उपाध्यक्षमा दीपेन्द्र शाक्य, वस्तुगत संघ तर्फको उपाध्यक्षमा अमृत खड्का, उद्योग तर्फको उपाध्यक्षमा दिव्यतारा तुलाधर, वाणिज्य तर्फको उपाध्यक्षमा दिल्लीरत्न तुलाधर, व्यक्तिगत तर्फको उपाध्यक्षमा नविन शाक्य र एसोसिएटतर्फको उपाध्यक्षमा किरणकुमार स्थापित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।























