citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

२१औँ हस्तकला व्यापार मेला मंसिर २० गतेदेखि २४ गतेसम्म काठमाडौंको हयात होटलमा हुन

मेलामा हस्तकलाका वस्तुहरूको करिब एक सय ५० वटा स्टलहरू रहने छन् ।

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा २१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता यही मंसिर २० देखि २४ गतेसम्म हायात होटलको ग्राउन्ड, बौद्ध, काठमाडौंमा हुने भएको छ ।

सो मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । मेलामा हस्तकलाका वस्तुहरूको करिब एक सय ५० वटा स्टलहरू रहने छन् । साथै, मेलामा विदेशी प्रदर्शनीकर्ताको रूपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीहरूको सहभागिता रहनेछ ।

व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ ।

व्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीमा राखिने नेपाल हस्तकला महासंघ मेला संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिनु भएको छ ।

मेलाले हस्तकला डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान–प्रदान गर्ने,स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान–प्रदानमा सहयोग गर्ने मेला संयोजक तुलाधरले जानकारी दिनु भएको छ।

यसपटक व्यापार मेला कै सन्दर्भमा चिनियाँ तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरी चीन नेपाल हस्तकला,संस्कृति र पर्यटक समिट समेत आयोजना गरिने र त्यसबाट नेपालमा ग्रीन परियोजना विकास गरी कार्यान्वयन गरिने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनु भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने पनि महासंघका मेला संयोजक तुलाधरले जानकारी दिनु भएको छ ।

मेलाको प्रमुख आर्कषणको रूपमा हस्तकला प्रतियोगिताको १९ औँ संस्करण रहेको छ। जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी अन्तर्गत परम्परागत र समसामयिक विधामा प्रतिस्पर्धा हुनेछ ।
परम्परागततर्फ लोपोन्मुख अवस्थामा रहेको ‘बुट्टेनली’ र समसामयिक विधा तर्फ ‘गलैंचा बुनाई’मा प्रत्यक्षरूपमा जीवन्त प्रदर्शनी गरिने भएको छ। सो प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ ।

साथै, प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित तीन जना कलाकारहरूलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रुपैयाँ तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई प्रमाणपत्रलगायत पदक प्रदान गरिने पनि महासंघले मेला संयोजक तुलाधरले बताउनु भएको छ ।

साथै, मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा क्रियाशील उत्कृष्ट उद्यमी,उत्कृष्ट निकासीकर्ता,कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने पनि महासंघका मेला संयोजक तुलाधरले बताउनु भएको छ ।

मेलाको तेस्रो दिन ७० वर्ष उमेर नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेमसहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

मेलाकै अवसरमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवर्द्वन गराउने उद्देश्यले ‘कला प्रदर्शनी २०८१’ आयोजना गरिने भएको छ ।

उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरू प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरू एवं आगन्तुक महानुभावहरूबीचमा परिचित गराउने उद्देश्य लिएको महासंघका मेला संयोजक तुलाधरले जानकारी दिनु भएको छ ।

सो प्रदर्शनीमा राख्ने कलाकृतिहरूको प्रचारप्रसार गर्न कलाकारहरूको विवरण सहितको पुस्तिका पनि प्रकाशन गरिने महासंघले जनाएको छ ।

यस्तै, मेलामा चीन–नेपाल हस्तकला, संस्कृति र पर्यटन शिखर सम्मेलनको पनि आयोजना गरिने भएको छ । सो सम्मेलनबाट नेपालमा ग्रिनप्रोजेक्ट विकास गरी कार्यान्वयन गरिनेछ । सोही कार्यको लागि गत कार्तिक २६ गते चीनको ईस्ट कल्चर टुरिजम अलाएन्स र चीन,नेपाल हस्तकला महासंघबीच चीन नेपाल हस्तकला संस्कृति तथा पर्यटन मञ्चमार्फत चीन नेपाल हस्तकला, संस्कृति र पर्यटन सम्मेलन काठमाडौंमा आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौतामा महासंघका अध्यक्ष प्रचण्ड शाक्य र चाइनाका तर्फबाट चाइना इस्ट कल्चर टुरिजम अलायन्सका अध्यक्ष ली फेङ्गहाउले हस्ताक्षर गरेका थिए । यस प्रकारको सम्मेलन पालैपालो नेपाल र चीनमा आयोजना गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी मेलामा विदेशस्थित नेपालका राजदूतावास,वाणिज्यदुतावास र नियोगहरूको स्वरूप कस्तो हुनुपर्छ भन्ने बारेमा नमुना कक्षको प्रदर्शन गरिने भएको छ । सो मेलाले नेपाली हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन,प्रचार–प्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबर्द्धन गर्ने, हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने,विदेशी क्रेताहरूलाई हस्तकला वस्तुहरू एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने,आयात र निर्यातबीचको दूरी घटाई व्यापारघाटा न्यूनीकरण गर्न सहयोग पुर्‍याउने लगायतका उद्देश्य राखिएको महासंघका मेला संयोजक तुलाधरले बताउनु भयो।

मेला सञ्चालनमा नेपाल सरकार,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरू,
बैंक तथा वित्तीय संस्था,वायुसेवा कम्पनीहरू,बीमा कम्पनीहरू,ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरूको पनि सहयोग रहने महासंघले जनाएको छ ।

महासंघका अनुसार हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रूपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरू करिब १२ अर्ब रुपैयाँ बराबरको विश्वका ६० भन्दा बढी देशहरूमा निकासी भइरहेका छन् ।

सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई वार्षिक २४ अर्ब रुपैयाँ हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिँदै आएको महासंघका मेला संयोजक तुलाधरले जानकारी दिनुभयो ।

त्यसैगरी हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन,संलग्न रहेका छन् ।

gold
himalayan life insurance long ad