stcnepal long ad
global ime bank long

नेपाल हस्तकला महासंघले त्रिवर्षिय रणनीति र योजना तर्जुमा गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल हस्तकला महासंघद्वारा त्रिवर्षिय रणनीतिसहित कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । गत २०८१ पुस २६ र २७ गते काठमाडौंमा सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्य समितिबाट आफ्नो कार्यकाल भित्र गर्ने योजना, कार्यक्रम र रणनीति तय गर्न त्रिवर्षिय रणनीतिसहित कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ ।

उक्त गोष्ठीमा महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यले महासंघको त्रिवर्षिय योजना सहितको मार्गचित्र प्रस्तुत गरेका छन।

मार्गचित्रमा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीतिलाई पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराउने, हस्तकला वस्तुको आन्तरिक बजार विकासको लागि नेपाल सरकारका निकायहरूबाट हस्तकला वस्तुको अधिक उपयोग गराउन पहल गर्ने, सार्वजनिक खरिद ऐनलाई ब्यवहारिक बनाई हस्तकला वस्तु नेपाल सरकारमा आपूर्ति तथा खरिद गराउन सहज वातावरण बनाउने लगायतका विषय समावेश गरिएका छन् ।

नेपालमा उत्पादित हस्तकलाका सामाग्रीको १२ अर्बको निर्यात ब्यापार रहेको छ। सोही रकम बराबरको आन्तरिक विक्री भैरहेको छ। यसमा ११ लाख भन्दा बढि ब्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारमा संलग्न रहेका छन। त्यही भएर सरकारले हस्तकला उद्योग ब्यवसायलाई हेर्ने छुट्टै हस्तकला विभाग स्थापनाको लागि पहल गर्ने, अनलाईन भुक्तानी प्रणालीलाई सरल तुल्याउने, हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवर्धनको लागि संभाव्य देखिएका देशहरुमा एक देशिय मेला आयोजना गर्ने विषयहरू मार्गचित्रमा समावेश गरिएका छन् ।

हस्तकला ग्राम र सार्क हस्तकला विकास केन्द्रको स्थापना र संचालनमा नेतृत्वदायी भूमिका खेल्ने, हस्तकला वस्तुको निकासीमा विजक मूल्याङ्कनलाई अनिवार्य तुल्याउने, महासंघको संस्थागत विकासमा विशेष जोड दिने आदि विषयवस्तुहरु समेटिएका छन् ।

सो गोष्ठीमा महासंघका विभिन्न ७ वटा परिषद्हरुले आ(आफ्नो परिषद अन्तर्गतका तीन वर्षको कार्ययोजना  सम्बन्धित परिषद्का सभापतिहरु वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सचिवालयको कार्य योजना तथा हाल रहेका महासंघका महत्वपूर्ण परियोजनाहरुको प्रस्तुतिकरण महानिर्देशक उत्तम प्रसाद देवकोटाबाट गरिएको थियो । अध्यक्ष तथा परिषद्का सभापतिहरुबाट प्रस्तुत आगामी तीन वर्षको मार्गचित्र तथा परिषद्हरुका कार्य योजना तथा कार्यक्रम एवं सचिवालयको कार्य योजना माथि गोष्ठीमा सहभागी भएका महासंघका पूर्व अध्यक्षहरु, बागमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघ, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नियातकर्ता, कलाकारहरुबाट आवश्यक पृष्ठपोषण प्राप्त गरि अध्यक्षको मार्गचित्र र परिषद् तथा सचिवालयको आगामी तीन वर्षिय योजना तथा कार्यक्रमलाई अन्तिम रुप प्रदान गरिएको थियो ।

गोष्ठीमा प्रमुख अतिथि तथा वक्ताको रुपमा महासंघका पूर्व अध्यक्ष इन्द्र बहादुर शाक्यले गोष्ठीको उद्घाटन गर्दै महत्व र ब्यवहारिक कार्य योजना एवं महासंघको आर्थिक सवलिकरण माथि आफ्नो धारण राखेका थिए ।

गोष्ठीमा औँल्याइएका महत्वपूर्ण पृष्ठपोषण सुझावसहितको निस्कर्ष अध्यक्ष रविन्द्र शाक्यबाट प्रस्तुत गरिएको थियो । उक्त गोष्ठीमा सहभागी सबैलाई महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

गोष्ठीमा कार्य समिति सदस्यहरू, पूर्व अध्यक्षहरु, जिल्ला तथा वस्तुगत संघका पदाधिकारी, निर्यातकर्ता, उद्यमी ब्यवसायी,कलाकार र कर्मचारी सहित करिव ७० जनाको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण महानिर्देशक देवकोटाबाट गरिएको थियो ।

 

IME Lifesidebar
kumari