stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

बृहत साइकल र्याली गर्दै सांग्रिला बैंक, भाग्यमानी एकले साइकल उपहार पाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल र्याली आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा आगामी जेठ २० गते शनिवार बिहान ७ बजे ‘सांग्रिला साइकल र्याली २०८०’ आयोजना गर्ने भएको हो ।

सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । र्यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ ।

बैंकले यस पटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्याली आयोजना गरेको थियो ।

उक्त साइकल र्याली कार्यक्रमको लागि ह्वाइट फेदर कम्युनिकेशन, स्वायर एटिन, सँयन प्रो, एक्जोन नेपाल प्रा.लि, एडभान टेक ट्रेड लिंक, आरडी सप्लायर्स, वल्र्ड डिष्ट्रिब्युर्शन नेपाल प्रा.लि, क्यापिटल कन्ट्रक्सन, प्रालि, नेपाल एयर कन्डिस्निङ सर्भिस, राज ट्रेडिङ कन्सर्न लगायतका संस्थाहरुको समेत सहयोग रहेको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको र्यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ ।

साइकल र्यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी अपूर्व प्रसाद जोशीले जानकारी दिएका छन् ।

यस्तै, र्यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ । साइकल ¥यालीमा  सहभागीताका लागि  बैंकले  अनलाइनबाट  रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।

himalayan life insurance
igi long