stcnepal long ad
global ime bank long

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार
काठमाडौँ । सत्तारुढ दल नेकपाका तीन शीर्ष नेतावीच भर्खरै बालुवाटारमा सोमवार जारी अध्यादेश फिर्ता लिने सहमति भएको प्रारम्भिक सूचना प्राप्त भएको छ ! अध्यादेश फिर्ता लिन सहमत भएर प्रधानमन्त्री केपी शर्मा ओली पछि हटन तयार हुनुभएको छ।
नेकपाका अन्य शिर्ष नेताहरुको दबाब झेल्ने सामथ्र्य या विकल्प ओलीसँग नरहेपछि होला ओली गल्नुभएको छ । अध्यादेश फिर्ता लिन बाध्य हुनुको अर्थ हो, अब नेकपामा ओली कमजोर हुनुभयो ।
धोबिघाट बैठकपछि प्रचण्ड लल्याकलुलुक गलेझैं प्रचण्ड, झलनाथ, माधव र बामदेवहरुको गठबन्धन सामु ओलीजी फिका पर्नु भएको छ । आफैले जारी गरेको अध्यादेश केही दिनमै फिर्ता लिने नै हो भने अब ओलीजीले नैतिकताका आधारमा राजीनामा दिनु मनासिब हुने पनि कतिपयले सुझाव दिएका छन् ।
आफ्नो निर्णयमा अडिग रहन नसक्ने या लागू गर्न नसक्ने हो भने पदमा बस्न नैतिक बल रहँदैन । प्रधानसेनापति हटाउने निर्णय लागू गर्न नसक्दा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए झैं अब अध्यादेशको निर्णय फिर्ता लिनुपर्दाको नैतिक अवनतीको अवस्थामा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुको विकल्प रहेन भन्ने हरूको विश्लेषण रहेको छ ।
यस्तो कमजोर धरातलमा पदमा रहीरहँदा उहाँलाई कसैले टेर्ने छैनन्, राजीनामा उहाँको शारीरिक र मानसिक स्वास्थ्य तथा सम्मान र मर्यादाका लागि पनि अब अपरिहार्य हुने चर्चा छ । सल्लाहकारहरुले हैन, शुभचिन्तकहरुले यसबारेमा उहाँलाई गम्भीर सल्लाह दिने देखिएको छ ।
IME Lifesidebar
kumari