stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलले आज १४ अर्ब ३३ करोड पुँजीगत लाभकर तिर्यो, अब कर विवाद टुंगियो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । एनसेलले सरकारलाई तिर्न बाँकी सबै पुँजीगत लाभ कर बुझाएको छ । एनसेलले आज ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेपछि उसको सरकारलाई बुझाउनु पर्ने कर चुक्ता भएको हो । एनसेलका अनुसार यस अघि २ पटकमा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो भने आज थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो ।

उसले लाभकर र जरिवाना समेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । सोही अनुसार एनसेलले आज तिर्नु पर्ने सबै कर चुक्ता गरेको हो ।

आज अन्य कसैले कर तिरेका छैनन् ।  एनसेलले कर चुक्ता गरेर लामो समयदेखिको सरकार र एनसेलबीचको विवाद टुंगाएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले  बताए । ‘अब एनसेल  हाम्रो विवाद टुंगिएको छ ।’ एनसेलले भदौमा कर निर्धारणभएयता जम्मा २३ अर्ब ४३ करोड कर चुक्ता गरिसकेको छ,’ उनले थपे ‘त्यसमा ९९ करोड ब्याज पनि समावेश छ ।

सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । सो यता आन्तरिक राजस्व कार्यालय अन्तर्गतको ठूला करदाताले मंसिरमा २२ अर्ब ४४ करोड कर बुझाउन पर्ने विवरण तयार पारेको थियो  । सो कर मंसिरमा सोही अनुसार एनसेलले आज तिर्नु पर्ने सबै कर चुक्ता गरेको हो ।

 

prabhu mahalaxmi
kumari