नेपाल लाइफ इन्स्योरेन्सबाट कोरोना भाइरस कोषमा ३० लाख १ हजार सहयोग

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार
काठमाडौं । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग राशी योगदान गरेको छ ।
उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवारमाआज चैत्र ३० गते हस्तान्तरण गरियो ।
यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रणतथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनी सबैमा हार्दिक अनुरोध गरेको छ ।