पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो
आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी घटाएको छ । निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल , डिजेल मट्टीतेल र हवाइ इन्धनमा समेत मूल्य घटाएर नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको प्रति लिटर ९६ रुपैयाँ, डिजेल र मट्टीतेलको ८५/८५ रुपैयाँ र आन्तरिक उडान तर्फ हवाइ इन्धनको प्रतिलिटर ७५ रुपैयाँ तथा बाह्य उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर ९ सय ५० अमेरिकी डलर पर्नेछ ।
यस अघि पेट्रोलको मूल्य १०६ रुपैयाँ, डिजेट र मट्टीतेलको ९५ /९५ रुपैयाँ हवाइ इन्धनको ९० रुपैयाँ तथा बाह्य उडान तर्फ हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार अमेरिकी डलर थियो ।