citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

मेडिकल उपकरण र औषधि लिन एयरबस ३३० भोलि चीन जाने

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । भोलि शनिबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन नेपाल वायु सेवाको जहाज चीन जाने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज मेडिकलजन्य उपकरण र औषधि लिन चीनको गोन्जाओ जान लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान सरकारले किन्छ ।’

नागरिक उड्डयन प्राधिकरणका अनुसार भोलि बेलुका ४.०० बजे नेपाल वायुसेवा निगमका एयरबस ३३० चीनको गोन्जाओतर्फ स्वास्थ्य उपकरण तथा औषधि लिन जाने कार्यतालिका बनेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताए ।

‘गृह र पर्यटन मन्त्रालयबाट अनुमति भने आएको छैन,’ उनले भने ‘नेपाल वायुसेवा निगमको एयरबस ३३०  बेलुका ४.०० बजे चीन जाने तयारी भएको छ ।’

नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको हो । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) का लागि प्रयोग हुने स्वास्थ्य उपकरण तथा औषधि ल्याउन अप्ठ्यारो परे सरकारले ढुवानी सुविधामा सहजीकरण गर्ने बताएका थिए । सरकारी जहाज प्रयोग गरेर उक्त मेडिकल उपकरण र औषधि ल्याउन लागिएको हो ।

मेडिकल उपकरण तोतोपानीबाट पनि आउँदै

त्यस्तै चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने भएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए ।
‘बिहीबार जाँचपास गर्न पत्र आएको छ । आज शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भने । अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ  ।

gold
himalayan life insurance long ad