stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौँ । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो दिनमा मात्रै तीन हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुल्होमा आकर्षित भएका हुन् ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुल्हो बिक्री भएको हो । गोरखा भूकम्पको समयमा चीनले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको विद्युतीय चुल्होप्रति आमनागरिकले चासो राखेका थिएनन् ।

पछिल्ला दिनमा कोरोनाको त्रास बढेपछि खाना पकाउने वैकल्पिक उपायका रुपमा विद्युतीय चुल्हो खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

 

prabhu mahalaxmi
kumari