stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेवार समुदायमा आज धुमधामका साथ योमरी पुन्ही मनाइँदै

नेपाल सरकारले ज्यापू दिवस मनाउन आर्थिक वर्ष २०५७/५८ मा आर्थिक अनुदान दिएयता औपचारिक रूपमा ज्यापू दिवस मनाउने क्रम बढेको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका आदिवासी ज्यापू समुदायले ज्यापू दिवस मनाउँदै छन् । नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।

काठमाडौँ वटु नाट्येश्वर गुठीका खजाञ्ची भाइकाजी महर्जनका अनुसार बजारमा मिठाई किनेर खाने व्यवस्था नहुँदाको समयमा यो दिन घरमै मिठाई बनाई खाने प्रचलन रहेको संस्मरण यो पूर्णिमाले गराउँछ । नेवारीमा (ज्यापू वङ्क) अर्थात् कामलाई टुङ्गोमा पु¥याउने ल्याकत भएका भन्ने सोझो अर्थ ज्यापू शब्द रहेको उहाँ बताउनुहुन्छ ।

नेवारीमा ज्याः याफू अर्थात् काम गर्न सक्ने भन्ने अर्थ पनि ज्यापू शब्दले दिएको छ, बोलीचालीमा ज्यापू शब्द प्रिय रूपमा प्रकट र चलनचल्तीमा रहन गएको खजाञ्ची महर्जनको बुझाइ छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो ।

महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवाले लगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा छ ।

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनका अनुसार नेपाल सरकारले ज्यापू दिवस मनाउन आर्थिक वर्ष २०५७/५८ मा आर्थिक अनुदान दिएयता औपचारिक रूपमा ज्यापू दिवस मनाउने क्रम बढेको हो ।

आज आइतबार हुने यो दिवस कोरोना सङ्क्रमणबाट सुरक्षित रहने गरी तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्दै ¥यालीसहित दिवस हुन्छ, उहाँ भन्नुहुन्छ ।

काठमाडौँ जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा. अञ्जु कार्कीका अनुसार यो मौसम चिल्लो पदार्थ पचाउन सक्ने मौसम भएकोले तिल, घिउ, चाकूलगायतका पदार्थ भोजन गर्न सकिन्छ, यी पदार्थले यो याममा भोजनकर्ताको शरीरमा कफ, पित्त, वायु सन्तुलनमा राख्ने भएकोले योमरी, तिलको लड्डु वा तिलौरी, चाकु, उखु भोजन गर्दा जिउज्यानलाई लाभ गर्छ ।

योमरी मात्र नभएर पहाड मधेसमा नयाँ चामल भुटेर खट्टे खाने र दही चामल खाने प्रचलन रहेको उहाँ बताउनुहुन्छ, यसले पनि कफ, पित्त, वायु सन्तुलनमा राखेर शरीरमा ऊर्जा दिन्छ ।

योमरी पूर्णिमादेखि दिन केही लम्बिने र रात केही समय छोट्निे हुन्छ भन्ने यो समुदायमा विश्वास रही आएको खजाञ्ची महर्जन बताउनुहुन्छ ।

IME Lifesidebar
kumari