निकुञ्जमा ट्रेकिङ गाइड शुल्क हटाउन माग
काठमाडौं । हिमाली क्षेत्रमा स्थापित राष्ट्रिय निकुञ्जहरुले पदयात्रा पथ प्रदर्शक (ट्रेकिङ गाइड) लाई लिने एक हजार पाँच सय शुल्क मिनाहा गर्न माग गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेसँग ट्रेकिङ गाइडहरुले यस्तो माग गरेका छन् । ट्रेकिङ गाइड एसोसिएसन नेपालका अध्यक्ष जाङबु शेर्पा लगायतका टोलीले मन्त्री आलेसँग भेट गरी गाइडलाई लिदै आएको एक हजार पाँच सय र भरियालाई लिने गरेको २५ रुपैयाँ शुल्क मिनाहा गर्न गरी प्रवेश निस्शुल्क गर्न माग गरेका छन् ।
सगरमाथा, कञ्चनजंगा, मकालु बरुण राष्ट्रिय निकुञ्ज लगायतमा गाइड र भरिया प्रवेश गरेवापत शुल्क लिदै आएको छ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियामवली २०३६ को दफा ४ को अनुसूचि १ र २ मा रहेको व्यवस्थालाई संसोधन गरी सरकारले लाइसेन्स दिएका गाइडहरुलाई प्रवेशमा निशुल्क बनाउनु पर्ने एसोसिएसनले माग गरेका छन् ।

























