stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्बभन्दा बढी लगानी गर्दै 

एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो ।

कुुल रकममध्ये वाणिज्य बैंकमा ८८ करोड ६१ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १६ करोड ६१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ५३ लाख रुपियाँ राष्ट्र बैंकले छुट्याएको छ ।

राष्ट्र बैंकले २०७८ मङ्सिर २९ देखि २०७९ मङ्सिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन राष्ट्र बैंकमा बुझाउनु पर्ने मङ्गलबार जारी सर्कुुलरमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले मङ्सिर १७ गते दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बै.कमा निवेदन दिनुपर्ने जनाइएको छ ।

 

prabhu mahalaxmi
kumari