sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ८ प्रतिशत बोनश शेयर दिने घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ ।

मंसिर १४ गते मंगलबार अपरान्ह साढे तीन बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँको ८ प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश सहित ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित ८२ करोड ५१ लाख रुपैयाँको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

prabhu bank
nawakantipur long