कुमारी बैंकको बुक क्लोज मिति तोकियो
बैंकको संचालक समितिको असोज २५ गते बसेको बैठकले २१ औं वार्षिक साधारण सभा आह्वान गर्ने र बोनस सेयर तथा नगद लाभांश वितरण प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कात्तिक ८ गतेको अघिल्लो दिनसम्म
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।
बैंकको संचालक समितिको असोज २५ गते बसेको बैठकले २१ औं वार्षिक साधारण सभा आह्वान गर्ने र बोनस सेयर तथा नगद लाभांश वितरण प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कात्तिक ८ गतेको अघिल्लो दिनसम्म सेयर कारोबार भई प्रचलित नियमानुसार समय अवधिभित्र यो बैंकको सेयर रजिष्टार कुमारी क्यापिटल लिमिटेडमा सेयरधनी दर्ता किताबमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका यस बैंकका सेयरधनीहरुले एक्काइसौं वार्षिक साधारणसभामा भाग लिन पाउने र बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्न योग्य हुने गरी कात्तिक ८ गते एकदिन बैंकको सेयरधनी दर्ता किताबमा दाखिल खारेज बन्द गर्ने निर्णय भएको हो ।


























