citizens life insurance long ad
stcnepal long ad

न्यादी हाइड्रोपावरको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी

यता, न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार यसको प्री–अलोटमेन्ट सोमबार कात्तिक १ गते गरिदैछ ।

२१ लाख ४७ हजार जना आइपीओ पाउनबाट बञ्चित

यता, न्यादी हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

२३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १४.०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २१ लाख ४७ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । केयरले २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिएको छ ।

IME Life
kumari