मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँट
आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन्
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज साउन २६ गते मंगलबार बिहान ९ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।
यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ । यो आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।
सर्वसााधारणबाट माग भन्दा ४१.६८ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको थियो ।
कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २५ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५५ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।
बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए । मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।