evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

सरकारको गलत नीतिले साल्ट ट्रेडिङको खुद नाफा घट्यो

लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८को वित्तीय विवरण सार्वजनिक गरेको छ । साल्ट ट्रेडिङको २०७८ असार मसान्तसम्म खुद नाफा २४.२६ प्रतिशतले घटेर ४ करोड ४७ लाख २० हजार रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ३२ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानी सामान्य बढेर १० अर्ब ४० करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यसै अवधिमा बिक्री आम्दानी ९ अर्ब ७४ करोड १५ लाख रुपैयाँ थियो । यधपि बिक्री लागत पनि ८ अर्ब ६६ करोड ४७ लाख रुपैयाँबाट बढेर ९ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ पुगेपछि खुद नाफा प्रभावित भएको प्रारम्भिक लेखापरिक्षण देखिन्छ । साल्ट ट्रेडिङको चुक्ता पुँजी २० प्रतिशतले बढेर २३ करोड ४ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै रिजर्भ कोष पनि २.७३ प्रतिशत ले वृद्धि भएर १ अर्ब ३२ करोड ८१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा गिरावट आएपछि प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसाले खुम्चिएर २० रुपैयाँ ८० पैसामा सीमित भएको कर्पोरेसन स्रोतले बताएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७५ पैसा रहेको थियो । नेप्सेमा गत साउन २५ गते सोमबारको अन्तिम मुल्यका आधारमा यसको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०५.८२ गुणा देखिएको छ ।

igi long
himalayan life insurance long ad