citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजबाट नबिल बैंकको ऋणपत्र बिक्री खुला

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज साउन १० गते आइतबारदेखि नबिल बैंकले  ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ ।

नबिल बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ ।

यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।

नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ ।

himalayan life insurance
igi long