stcnepal long ad
global ime bank long

प्रभु बैंकले संखुवासभाको चिचिला गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

चिचिला गाउँपालिका अध्यक्ष पाशाङ्ग नुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधि, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताए ।

कार्यक्रममा प्रमुख अतिधि चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक लि. र सेजनलाई विशेष धन्यबाद प्रकट गरे ।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवम् प्रभु बैंक लि. खाँदबारी शाखा कार्यलयका शाखा प्रमुखसुमन बस्नेत लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना भनाईहरु राखेका थिए ।

IME Lifesidebar
kumari