stcnepal long ad
global ime bank long

शेयर शेयरधनीको हितग्राही खातामा प्रभु इन्स्योरेन्सको बोनश शेयर जम्मा

१० प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । इन्स्योरेन्सको गत जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर बैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराउने शेयरधनीहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनश शेयर वितरण गर्ने गरिने कम्पनीले जनाएको छ । अब उक्त शेयर दोस्रो बजारमा कारोबार योग्य हुनेछ ।

कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस शेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न प्रभु इन्स्योरेन्सले आग्रह गरेको छ ।

IME Lifesidebar
kumari