citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकमा फेरि अनुजमणी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी असार ३१ गते अवकास भएका छन् । भण्डारीले ४ वर्षको सफल कार्यकाल पूरा गरेर बैंक छाडेका छन् । अब कुमारी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले आज साउन १ गते देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन्।

कुमारी बैंकको संचालक समितिले तिमिल्सिनालाई कायममुकायम सिईओको जिम्मेवारी सुम्पिएको छ । उनले चार वर्ष अगाडि पनि बैंकको कायममुकायम सिईओको जिम्मेवारी पाएका थिए। यस बैंकमा अब बाहिरबाट सिईओ नल्याइ उहाँलाई नै शुरूमा कायममुकायम सिईओको जिम्मेवारी दिदै एक महिनापछि फुल सिईओ बनाउने सञ्चालन समितिको कार्ययोजना रहेको बुझिन आएको छ।  तिमिल्सिना बैङ्किङ्ग क्षेत्रका कुशल बैंकर हुन्।

पृथक ढंगले नवीन काम गर्ने र भरपर्दो नतिजा निकाल्न सिपालु तिमल्सिना बैङ्किङ्ग क्षेत्रलाई गहिरोसँग बुझेका र मिहिन ढंगले अर्थतन्त्रको केस्रा खेलाउन सक्ने अनुभवी व्यक्ति हुन् । कुमारी बैंकले आगामी दिनमा तिमल्सिनाको नेतृत्वमा थप उचाई लिने अपेक्षा गरिएको छ ।

तिमिल्सिना ३५ वर्षदेखि बैंकिंङ्ग करियरमा छन् । यसअधिका बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकिङ क्षेत्रमा २१ वर्षको वृहद अनुभव संहालि कुमारी बैंकलाई सफल नेतृत्व गरेका थिए ।

भण्डारीको कार्यकालमा कुमारी बैंकमा ७ वटा विभित्र वित्तीय संस्थाहरू समायोजन भएका थिए। साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा फराकिलो पारेका थिए ।

IME Life
kumari