Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

मेरो माइक्रोफाइनान्सले आफ्ना शेयरधनीको बोनश शेयर खातामा हितग्राही जम्मा

civilbank long ad

काठमाडौं । मेरो माइक्रोफाइनान्सले १६ दशमलव ९४ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।  मेरो माइक्रोफाइनान्सले  धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको जनाएको छ । कम्पनीले असार ३० गते उक्त बोनश बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनश बापतको कर तिर्नु नपर्ने संस्थाल जनाएको छ ।

 


१ साउन २०७८, शुक्रवार १३:५५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad