citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले कालो व्यानर सहित कार्यालय परिसर भित्रै विरोध जनाए

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने जनाएका छन् । कर्मचारीहरुले आईएलओ अभिसन्धी १९४ (नम्बर ९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टु अर्गनाइज एण्ड राइट टु कलेक्टिम बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको भन्दै असहमति जनाएका हुन् ।

कर्मचारीहरुले असहमति जनाउदै आज कालो व्यानर सहित कार्यालय परिसर भित्रै विरोध जनाएका हुन् । कोषमा आवद्ध हुँदा खाईपाई आएको सेवासुबिधा समेत घट्ने भन्दै लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने उनिहरुको धारणा रहेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले विगत २ वर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, बिनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएकाले संघर्षमा उत्रिनु परेको उनिहरुले जनाएका छन् ।

न्युनतम ज्याला,पारिश्रमिकबाट बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै प्रदर्शन गरेका हुन् । आज अधिकांश बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका कर्मचारी संघठनहरुले आफ्नै कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

कोषले यहि असारभित्र जसरी पनि बैंक वित्तीय संस्था तथा बीमा कम्पनीका कर्मचारीहरुलाई आवद्ध हुन कोषले निर्देशन दिएको छ ।

IME Life
kumari