citizens life insurance long ad
stcnepal long ad

सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। यूनाइटेड सिमेन्ट्सले नेपालकै सर्वोत्कृष्ट ग्रेड (५३ ग्रेड) को गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। यूनाइटेड सिमेन्ट्सद्वारा उत्पादित “यूनाइटेड सिमेन्ट्स“ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको कम्पनीले विज्ञप्तिमा जनाएको छ।

कम्पनीले ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्य सबैभन्दा उत्कृष्ट ग्रेड रहेको कम्पनीले जनाएको छ । त्यस्तै, यो दर्जा प्राप्त गरेसंगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको समेत दावी गरेको छ।

“५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ।”

पारिवारिक घर निर्माण सहित गगन चुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसंग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा खानी रहेको कम्पनीले जनाएको छ । उद्योगको आफ्नै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

“५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

IME Life
kumari