stcnepal long ad
global ime bank long

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भोलिदेखि ५२ लाख ४१ हजार कित्ता सेयर बिक्री हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलिदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउने छन् । बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari