stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सेयर कारोबारमा फेरि पनि रेकर्ड ब्रेक

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६
काठमाडौं ।  नाफा बुक गर्नेहरु सक्रिय हुँदा आइतबार सेयर बजार सूचक घटे पनि खरिद बिक्री रकमले भने पुनः नयाँ रेकर्ड कायम गरेको छ । छोटो समय नेप्से बेस्सरी बढेको थियो । सोही क्रममा नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजारमा करेक्सन आएको लगानीकर्ताहरु बताउँछन् । बजार घट्दा पनि अहिलेसम्मकै उच्च कारोबार भएर नेप्सेले सकारात्मक सन्देश दिएको छ । अल्पकालमा सूचक तलमाथि भइरहे पनि यसले बजारको आगामी भविष्य सकारात्मक र सुखद् हुने सन्देश दिएको छ ।
यस अघि बिहीबार ४ अर्ब ४६ करोड रुपैयाँभन्दा धेरैको कारोबार हुँदा त्यस अघिका रेकर्ड ब्रेक भएका थिए । आइतबार बजारमा त्यो रेकर्ड पनि तोडिएको हो । यस दिन ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । बजार करेक्सन भए पनि कारोबार रकमले नयाँ–नयाँ उचाईं लिंदै जाँदा आम लगानीकर्तालाई निकै उत्साहित भएका छन् ।  सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । सेयर बजार सुधारका लागि सरकारले पनि काम गरिरहेको छ ।
नीतिगत, प्राविधिक तथा मनोवैज्ञानिक हिसाबले समेत बजारमा सकारात्मक प्रभाव पार्ने कामहरु भइरहेका छन् । ब्रोकरहरुका अनुसार यतिबेला बजारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीनै किसिमका लगानीकर्ता हावी भइरहेका छन् । अल्पकालीन खरिद बिक्रीकर्ताले दैनिक कारोबारलाई नयाँ उचाईमा पुर्याउन सहयोग पुर्याइरहेका हुन्छन् भने मध्यकालीन र दीर्घकालीन लगानीकर्ताले पनि होल्ड गर्ने हिसाबले सेयर खरिद गरिरहेका फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् ।
बजार एकोहोरो हिसाबले बढ्ने वा घट्ने मात्र गर्दैन । वित्तीय सूचकहरु अध्ययन गर्दै अघि बढ्नु पर्छ । कम्पनीको वित्तीय क्षमता, नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी लगायतका सूचकहरुलाई पनि ध्यान दिनुपर्छ । यस दिन नेप्से सूचक ४०.८२ अंकले घटेर १५९१.३६ विन्दुमा अडिएको छ । १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन फाइनान्स बाहेक बाँकी सबै समूहका सचक तल झरेका छन् । सबैभन्दा धेरै  जीवन बिमा समूहको सूचक ४७४.६१ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि २५.२४ अंकको ह्रास देखिएको छ । खरिद बिक्रीमा एनएमबि बैंकको सर्वाधिक २६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन मितेरी डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको भाउ सर्किट बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले १०% का दरले गुमाएका छन् ।
prabhu mahalaxmi
kumari