stcnepal long ad
global ime bank long

गोल्छाको नेतृत्वमा उद्योग वाणिज्य महासंघको नयाँ टिम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको टुङ्गो लागेको छ । नयाँ कार्यसमितिको लागि शनिवारको निर्वाचन परिणामबाट मनोनीत हुने पदबाहेक सबै सदस्यहरूको टुङ्गो लागिसकेको छ ।

निर्वाचन मत परिणामसँगै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । यस अघिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बनेका छन् । निवर्तमान अध्यक्ष भवानी राणा स्वतः अध्यक्ष भन्दा दोस्रो वरियताको सदस्य बनेकी छन् ।

यस्तै तेस्रो वरियतामा रहने विशिष्ट सदस्यको मनोनयन हुन बाँकी छ । नयाँ निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको चौथो वरियतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्षपछि विषयगत समूहका उपाध्यक्षहरू रहनेछन् ।

उपाध्यक्षहरूभन्दा तल्लो वरियतामा हुने गरी एक जना कोषाध्यक्षको चयन कार्यकारिणी सदस्य मध्येबाट हुनेछ । त्यस्तै जिल्ला तथा नगर समूहबाट १८ जना, वस्तुगत समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, प्रदेशबाट ७ जना, द्विराष्ट्रिय समूहबाट १ जना, संस्थापक सदस्य मध्येबाट १ जना समेत गरी कुल ६० जना सदस्यहरू निर्वाचित भएका छन् ।

अब थप ५ सदस्य अध्यक्षको प्रस्तावमा कार्यकारिणी समितिबाट निर्वाचित हुने प्रावधान रहेको छ ।

नयाँ नेतृत्वको विवरण :

अध्यक्ष – शेखर गोल्छा
निवर्तमान अध्यक्ष – भवानी राणा
विशिष्ट सदस्य – मनोनित हुन बाँकी
वरिष्ठ उपाध्यक्ष –चन्द्रप्रसाद ढकाल
उपाध्यक्ष (एशोसिएट्स) – रामचन्द्र सांघाई
उपाध्यक्ष (वस्तुगत) – अञ्जन श्रेष्ठ
उपाध्यक्ष (जिल्ला नगर) – दिनेश श्रेष्ठ
कोषाध्यक्ष – नयाँ कार्यकारिणी समितिबाट निर्वाचित हुने

कार्यकारिणी सदस्य ५ जना – मनोनित हुन बाँकी

एशोसिएट्स समूहका सदस्यहरु (१९)
अम्बिकाप्रसाद पौडेल, अबिनास बोहरा, आनन्द बगरिया र कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्स्ना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रन्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, साहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा, हेमन्त गोल्छा, मंगेशलाल श्रेष्ठ र विराट थापा

वस्तुगत समूहका सदस्यहरु (१४)
सुमित केडिया, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, भक्त हमाल, मनिषलाल प्रधान, प्रकाशमान सिंह कार्की, सकुन्तला हिराचन, हेमराज ढकाल, विष्णु गैरे, सन्दीप कुमार अग्रवाल, सुवोधकुमार गुप्ता, गोविन्द ढुंगेल, आकाश अधिकारी

जिल्ला नगर सदस्यहरु (१८)
राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य, कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डामिया, किशोर कुमार आचार्य, अमृत भट्टचन

प्रदेश समूहका सदस्यहरु
प्रदेश १ – राजेन्द्र राउत
प्रदेश २ – विजयकुमार साह
बागमती प्रदेश – सहनलाल प्रधान
गण्डकी प्रदेश – बाबुराम गिरी
लुम्बिनी प्रदेश – जमसेद मियाँ
कर्णाली प्रदेश – लालिमान बुढा
सुदूरपश्चिम प्रदेश – पुष्पराज कुँवर

द्विराष्ट्रिय समूह तर्फ सन्दिप अग्रवाल र संस्थापक समूह तर्फ दामु अधिकारी निर्वाचित भएका छन् ।

IME Lifesidebar
kumari