निर्जीवन बीमा कम्पनीले २४ अर्ब २७ करोड कुल बीमा शुल्क संकलन गरे

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को माघ महिनासम्ममा कुल २४ अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले १६ लाख २१ हजार ६ सय ७९ वटा बीमा पोलिसी बिक्री गरी कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यस समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरि, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।