citizens life insurance long ad

नेपाल राष्ट्र बैंकले आफ्नै नाममा दर्ता भएको सिमकार्डबाट मात्रै मोबाइल बैंकिङ प्रयोग गर्न सुझाव

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै नाममा दर्ता भएको सिमकार्डबाट मात्रै मोबाइल बैंकिङ प्रयोग गर्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरुले प्रदान गर्ने मोबाइल वालेटजस्ता सेवाहरु तपाइँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा ई–मेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईंको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरु जोडिएका हुन्छन्’, सूचनामा भनिएको छ।

त्यसैले कुनै पनि कारणले कसैको मोबाइल नम्बर वा ई–मेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउन पनि राष्ट्र बैंकले सचेत गराएको छ।

आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै नगराएमा आफ्नो खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहने केन्द्रीय बैंकको भनाइ छ।

‘तसर्थ, जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरु सुरक्षित राख्नुहोस्’, सूचनामा भनिएको छ।

IME Lifesidebar
kumari