stcnepal long ad
national life

दस पत्रकार संघ आन्दोलित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । कोभिड–१९ (कोरोना भाइरस) को कारण देखाउँदै विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार र सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्ने लगायतका कार्यप्रति दस वटा पत्रकार संघ–संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पछिल्लो समयमा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटम सहित सञ्चार गृहहरुमा पत्रचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवाव मुलक कार्यक्रम मार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई दस संगठनहरुले सकारात्मक लिदै महासंघकै नेतृत्वमा थप दबाब मूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरेका छन् ।

पत्रकारहरुलाई विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया कुनै हालतमा स्वीकार्य छैन भन्दै दर्जन भन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न जोडदार माग गरेका छन् ।

नेपाल सरकार सञ्चार मन्त्रालय लगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न पनि दस पत्रकार संघले हार्दिक आग्रह समेत गरेका छन् ।
साथै, महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।
अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलन मार्फत दवाव दिन हामी बाध्य हुने र त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्ति मार्फत् स्पष्ट पार्न चाहन्छौं भन्दै एक संयुक्त विज्ञाप्ति जारी गरेका छन्।

यसरी विज्ञाप्ति जारी गर्ने संघ र संगठनहरुमा महेश्वर दाहाल संयोजक प्रेस संगठन, नेपाल , बद्री सिंग्देल अध्यक्ष, प्रेस युनियन नेपाल, इन्द्र रावत अध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ, उदय जिएम अध्यक्ष, प्रगतिशील पत्रकार संघ । जन्मदेव जैसी, उपाध्यक्ष, क्रान्तिकारी पत्रकार संगठन, नेपाल । केशवराज अर्याल, अध्यक्ष प्रेस नेपाल । सिर्जना तिमिल्सिना, सचिव जनपत्रकार संगठन, नेपाल
मोहन सिंह, अध्यक्ष, मधेशी पत्रकार समाज । दामोदरप्रसाद दवाडी अध्यक्ष, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज रहेका छन् ।

gold
kumari bank
kumari
nawakantipur long