prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

बेष्ट फाइनान्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

साधारण सभाले यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७२/७९ को बार्षिक वित्तीय विवरण २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरेको छ ।

साधारण सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

३० वैशाख २०८०, शनिवार १०:५६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad