prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

देउराली सहकारीका अध्यक्ष भन्छन्–‘सदस्यहरुका ८० प्रतिशत बचत फिर्ता गरिसकेँ’

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीहरूलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता सफल भएको बताएको छ ।

ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको न्युरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउदेश्यिय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो ।

उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँईले बताए । देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनले बताए ।

उनले भने ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौ । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छन्’

देउरालीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए । देशकै ठुला ब्यवसायिको परिचय बनाएका चौलागाईको दर्जनौ कम्पनिहरू रहेका छन् ।

आफना सयौं कर्मचारी रहेको र राज्यलाई बार्षिक करोडौ  कर तिर्ने  गरेको उनले बताउँदै आएका छन् । उनको ब्यवसायमा ठुला रकम बैंक तथा विभिन्न ब्यक्तिहरूको लगानी रहेको बताइन्छ ।

अहिले उनलाई बैंक तथा ती ब्यक्तीहरूले धैर्य गरि सहयोग गरेका उनी स्वयम बताउँछन् । अध्यक्ष चौलागाँई आगामी आर्थिक बर्षसम्म सहकारीको सबै हिसाव मिलाई पुनः पहिलाकै ब्यवसायमा फर्कने योजना रहेको बताउँछन् ।

उनले देशभरिका संघसस्था, ब्यवसायीहरूलाई अहिलेको बिकाराल अवस्थामा धैर्य गर्न अपिल गरेका छन् । आफनो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका छन् ।

३० वैशाख २०८०, शनिवार ०९:२३ बजे प्रकाशित

NTA long ad
stcnepal long ad