stcnepal long ad
ime life insurance
national life
global ime bank long

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवा एफ वान सफ्टबाट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि.को बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ ।

अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङ्खबाट एनसिएचएलको नेपाल पे क्यु आर मर्चेन्ट का साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

IME Lifesidebar
kumari