citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

देशमा स्थिरता र स्थायित्व हुन नदिन षड्यन्त्रहरु भइरहेका छन् :अध्यक्ष ओली

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको छ ।

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले संसदको बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभयो । उहाँले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताउनुभयो ।

एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उहाँले सबैभन्दा पहिले एमालेलाई प्रहार हुन सक्ने बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताउनुभयो ।

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताउनुभयो ।

उहाँले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताउनुभयो । कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गर्नुभयो । उहाँले नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको बताउनुभयो ।

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो । उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताउनुभयो ।

gold
himalayan life insurance long ad