प्रोग्रेसिभ फाइनान्स नोक्सानमा
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स चालु आर्थिक वर्षको त्रैस्रो त्रैमासमा २० लाख १ हजार ६०६ रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले २ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले खुद ब्याज आम्दानी भने ८३.९३% ले बढाएर ७ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, प्रोग्रसिभ चैतसम्ममा २० लाख ८ हजार १३९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ ।
गत वर्ष भने यसले ३ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । सञ्चालन नोक्सानमा रहेकाले खुद नोक्सानी बढेको हो । चैत मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६ करोड ८ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
प्रोग्रेसिभ खराब कर्जा भने घटाउन सफल भएको छ । गत वर्ष ३.३९% रहेको खराब कर्जा अनुपात यो त्रैमासमा घटेर २.९८% मा झरेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४४ पैसा रहेको छ ।





















