citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

महालक्ष्मी विकास बैंकको नाफा २.४३% ले बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार 
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.४३% धेरै हो । गत वर्ष बैंकले ३८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १९.५७% र २.१८% ले बढेको छ । गत वर्ष १ अर्ब २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर १ अर्ब १९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, सञ्चालन नाफा पनि ५५ करोड १८ लाख रुपैयाँबाट बढाएर ५६ करोड ३८ लाख पुर्याएको छ । यसको वितरणयोग्य नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म महालक्ष्मीले ३५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ ।
रिटेन्ड अर्निङमा ५ पनि करोड १० लाख रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा घटाउन पनि सफल भएको छ ।
गत वर्ष ३.८५% रहेको महालक्ष्मीको खराब कर्जा अनुपात यो त्रैमासमा घटेर ३.७८% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७६ पैसा रहेको छ ।
gold
himalayan life insurance long ad
kumari bank