stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेरो माइक्रोफाइनान्सद्वारा २५ लाख ६० हजार कोरोना कोषमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रू. २५ लाख ६० हजार ७ सय १९ रुपैया“ सहयोगको गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले स्थापना गरेको कोषमा गर्ने यो सहयोग सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा  गरिने निर्णय भएको लघुवित्तले जनाएको छ ।

यसका अतिरिक्त तत्कालका लागि संस्थाले विपन्न तथा पिडित वर्गहरुका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा रू. १० लाख बराबरको खाद्यान्न सहयोग गर्ने समेत जानकारी गराएको छ ।

IME Lifesidebar
kumari