prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम मौका

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज असार ९ गते बिहीबार अन्तिम दिन हो । यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।

सो समयमा बिक्री नभएको संस्थापक समुहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

९ असार २०७९, बिहीवार ०८:२० बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads