citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

श्री इन्भेस्टमेन्ड एन्ड फाइनान्सको पुस २९ मा साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । श्री इन्भेस्टमेन्ड एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको गत पुस ७ गते बुधबार बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने जनाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७।७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले कम्पनीमा विद्यमान संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५३.३२ः४६.६८ प्रतिशतलाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

कुनै पनि बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि कम्पनीका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari