citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय वाणिज्य बैंक र ई–सेवामनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ।

अब विदेशमा रहेका नेपालीहरुले सीधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् र इसेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ ।

यसपछि मुलुकभरि तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, इसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीले विदेशबाट पठाएको रेमिट्यान्स् सीधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने छन् र आरबीबी स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफरमार्फत नेपालभरि रहेका इसेवाका नेटवर्कमाझ जहाँ पनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरि रहेका १० हजारभन्दा बढी इसेवा मनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिनेछ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, इसेवा मनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख इन्द्र बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

IME Life
kumari