फरवार्ड माइक्रोफाइनान्सद्वारा ४२ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि ४२ प्रतिशत बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्थाको गत मंगलबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमध्ये ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७३७।५ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
त्यस्तै ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३४७.५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।


















