citizens life insurance long ad
stcnepal long ad

पुनर्कर्जा फिर्ता भएपछि सीडी रेसियो ९० प्रतिशत नाघ्यो

बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने होइन।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। गत सोमबार बाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरेको छ।

यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। तैपनि नियामकीय निकायको प्रावधान अनुसार ९० प्रतिशत नाघ्नु राम्रो होइन।

बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने होइन। सीडी रेसियो पुनर्कर्जाका कारण नाघेको बैंकरको बुझाइ रहेको छ।

सीडी रेसियोमा पुनर्कर्जा र विदेशबाट ल्याएको ऋणलाई गणना गर्न पाइन्छ। पोहोर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक खर्ब २७ अर्ब रुपैयाँ पुनर्कर्जा दिएको थियो।

पुनर्कर्जा एक बर्षको हुन्छ। यसमध्ये करिव ५० अर्ब रुपैयाँ पुनर्कर्जा परिपक्व भएको छ। यो पैसा राष्ट्र बैंक पुगिसकेको छ।

पुनर्कर्जा नवीकरण भएको छैन तर परिपक्क भएर गइसकेको छ। यसले पनि अहिले सीडी रेसियो औषतमै ९१ प्रतिशत नाघेको हो। अहिले केही बैंकको सीडी रेसियो ९७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकका अनुसार ५ वटा बाहेक सबै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ।

राष्ट्र बैंकले पनि पुनर्कर्जा परिपक्व भएर फर्किएका कारण सीडी रेसियोमा चाप परेको महशुस गरेको छ। त्यही भएर मंसिर मसान्तभित्र ५० अर्ब रुपैयाँभन्दा बढि प्रणालीमा फर्काउने तयारी गरिसकेको छ। बल्कमा पुनर्कर्जा दिनु पर्ने भएकाले प्रत्येक फाइल हेर्दा समय लागेको छ।

हजारौं फाइलहरु आएका छन्। तैपनि चाँडै टुङ्ग्याउने तयारीमा राष्ट्र बैंक रहेको छ।

राष्ट्र बैंकले गत मंसिर १९ गतेसम्म आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरिसकेको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि आवेदन दिइसकेका छन्। पहिलो चरणमा राष्ट्र बैंकले ५३ अर्ब रुपैयाँ पुनर्कर्जा बजारमा दिँने तयारी गरेको छ ।

यसमध्ये ४० अर्ब रुपैयाँ हाराहारी अति प्रभावित ब्यवसायले पाउने छन्। बाँकी रहेको १३ अर्ब मध्यम प्रभावितले पाउने छन्। यो पुनर्कर्जा ५ करोड रुपैयाँभन्दा कमका ब्यवसायले पाउने छन्। २० करोडसम्मको पुनर्कर्जा राष्ट्र बैंकले आफैले दिँदै आएको छ ।

५ करोडदेखि तलका भने बल्कमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछ। उनीहरुले ऋणीलाई दिन्छन्। यधपी राष्ट्र बैंकले कोभिडको असर कम हुन थालेपछि पुनर्कर्जालाई घटाउने नीति लिएको छ। राष्ट्र बैंकले पुनर्कर्जालाई सीडीमा गणना गर्न पनि बिस्तारै कम गर्ने जनाएको छ।

अहिले निक्षेप कम भएर र ऋण बढी गएर मात्र सीडी रेसियो ९० प्रतिशत नाघेको होइन। पुनर्कर्जाका कारणले पनि भएको हो। पछिल्लो एक सातामा निक्षेप सात अर्ब रुपैयाँले बढेको छ। यद्यपी ऋण १४ अर्बले बढेको छ।

मंसिर महिनाको हिसाब गर्ने हो भने निक्षेप कात्तिकको तुलनामा सात अर्ब रुपैयाँले घटेको छ। यही अवधिमा ऋण भने ३५ अर्ब रुपैयाँ गएको छ।

बैंकहरुले निक्षेप संकलन नगरी अत्याधिक ऋण प्रवाह गरेका कारण अहिले तरलता अभाव चर्किएको हो। बैंकहरुको कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। केही बैंकको ९७ प्रतिशतसम्म सीडी रेसियो पुगेको छ। बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। बैंक ऋण ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको बताइएको छ।

IME Life
kumari