citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आईसीएफसी फाइनान्सको सेयरभाउ करेक्सन हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेप्सेमा सूचीकृत फाइनान्स कम्पनीमध्ये आईसीएफसी पनि एउटा हो। विसं. २०६० सालमा स्थापना भएको राष्ट्रियस्तरको यो कम्पनीले आगामी पुस ५ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो। यो फाइनान्सको उपत्यकामा ७ वटा र उपत्यकाबाहिर १३ वटा गरेर कुल २० वटा शाखा रहेका छन्।

यो फाइनान्सका सेवाहरुमा रेमिट्यान्स, डिम्याट खाता र सी–आस्बा सेवा लगायत सबै वित्तीय सेवा दिदै आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यो कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ रहेको छ।

कम्पानीको रिटेन अन अर्निङमा १६ करोड ३५ लाख ६८ हजार १२३ रुपैयाँ र रिजर्भमा ४५ करोड ४२ लाख ३८ हजार ४५७ रुपियाँ रहेको छ।

कम्पनीको ईपीएस १८.६१ रुपैयाँ र प्राइस अर्निङ ३६।०१ गुणा रहेको छ। नेटवर्थ १४६.६९ रुपैयाँ रहेको छ। कम्पनीको १० वर्षको लाभांश इतिहास हेर्दा औसत १३.८ प्रतिशत रहेको छ। कम्पनीले एकपटक ५० प्रतिशत हकप्रद निष्कासन गरेको थियो।

आईसीएफसी फाइनान्सको सेयरमूल्य १३२ रुपैयाँदेखि हालसम्मको विभिन्न चक्रहरुलाई हेर्दा झन्डै १२०० रुपैयाँसम्मको पुगेको देखिन्छ।

त्यहाँबाट वेभ ए, बी र सी बनाउँदै लगभग ६०० रुपैयाँसम्म एउटा चक्र पूरा गरेर वेभ ९१० लगभग १०६३ रुपैयाँसम्म र वेभमा ९२० मा करेक्सन भएर ८०० रुपैयाँ सम्म, वेभ ९३० लगभग लामो वृद्धिका साथ १२०० रुपैयाँसम्म र वेभ ९४० मा पुनः करेक्सन भएर १०६१ रुपैयाँसम्म आएको देखिन्छ। अब वेभ ९५० मा केही समय लिएर फिवोनासी एक्सटेन्सनको १.६१ प्रतिशतको वृद्धिले यो कम्पनीको सेयरमूल्य लगभग १५०० रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ।

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ९५५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ८८३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ८२९ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवामा ७७१ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवामा ६९३ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

गत नोभेम्बर २१ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियारिस सिग्नल बनेको देखिन्छ । जसले बियारिस सिग्नल बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् । यसले केही समय सेयरको मूल्यमा करेक्सन हुन सक्छ।

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ ।

आगामी साता यदि बजार बढेमा प्रतिरोध र घटेमा सर्पोट निम्नानुसार हुन सक्नेछ। हालको मूल्य पिभट प्वइन्टभन्दा तल भएकोले यो औजारले पनि केही करेक्सनको सम्भावना देखिन्छ।

बढेमा प्रतिरोध

प्रतिरोध १– ९२५
प्रतिरोध २– १००१
प्रतिरोध ३– १०६७
पिभट प्वइन्ट स् ८५९

घटेमा सपोर्ट

सपोर्ट १– ७८३
सर्पोर्ट २– ७१७
सर्पोर्ट ३– ६४१

निष्कर्ष

प्राविधिक रुपमा यो कम्पनीको सेयरमूल्य अल्पकालमा केही करेक्सनको सम्भावना रहेको विभिन्न अल्पकालीन औजारहरुबाट देखिन्छ । जुन कुरा एमएसीडी लाइन, बोलिंगर ब्यान्ड तथा आरएसआईले प्रस्ट सिग्नल गरेको देखिन्छ।

इलिअट वेभमार्फत हेर्दा भने दीर्घकालीन रुपमा यो कम्पनीको भाउ केही समयको अन्तरालमा भने पुनः उकालो नै लाग्ने सम्भावना रहेको छ।

himalayan life insurance
igi long