stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

श्री इन्भेस्मेन्ट एन्ड फाइनान्सद्वारा ११ प्रतिशत लाभांश प्रस्ताव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको जनाएको छ।

कम्पनी सञ्चालक समितिको गत मंसिर १४ गते मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ११ प्रतिशतले हुन आउने ९ करोड ७९ लाख १४ हजार ८३६।७५ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ७.७ प्रतिशतले हुन आउने ६ करोड ८५ लाख ४० हजार १२० रुपैयाँ बराबरको बोनस सेयर र ३.३ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ७४ हजार ७१६.२५ रुपैयाँ बराबरको नगद लाभांश करसहित रहेको जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari