stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

गुडविल फाइनान्सको ऋणपत्र बुधवार खुल्दै

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको ऋणपत्र बुधबारदेखि खुल्ने भएको छ । फाइनान्सले फागुन २८ गते (बुधवार) देखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । यस कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. १ हजार अंकित दरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले खरिद आवेदन दिदाँ सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सक्नेछन् ।

यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ प्रदान गरेको छ । कम्पनीले धितोपत्र बोर्डसँग फागुन ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो ।

prabhu mahalaxmi
kumari