stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तिनाउ मिसनले घोषणा गर्यो बोनस सेयर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२% बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई बोनस वितरण गर्न लागेको हो ।
तिनाउ मिसनले हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ४१ लाख रुपैयाँबाट १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।
prabhu mahalaxmi
kumari