stcnepal long ad
global ime bank long

सिटिजन्स बैंक इन्टरनेसनलले विशेष सभा बोलायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौं विशेष साधारण सभा बोलाएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको बैंकले सोही सम्बन्धमा आवश्यक निर्णय गर्न चैत १० गते सभा बोलाएको हो ।

बैंकको फागुन २१ गतेको निर्णय अनुसार अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने भएको हो ।

सभाको प्रस्तावमा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा शेयर आदानप्रदान अनुपात सहयोगी विकास बैंकको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता (१ः०.९१७५) कायम गर्ने, प्राप्ति गर्न गरिएको अन्तिम सम्झौता लगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका काम कारवाहीहरु अनुमोदन गर्ने, सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।

यो सभा प्रयोजनका लागि बैंकले चैत ३ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् ।

IME Lifesidebar
kumari