stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुडविल फाइनान्सले फागुन २८ देखि ऋणपत्र विक्री खुला गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन विक्री खुला गर्ने भएको छ । कम्पनीले १२ प्रतिशत व्याज दरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ । सोमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा र १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषलाई वितरण गरी बाँकी रहेको ९५ हजार कित्ता सर्वसाधारणलाई विक्री हुने जनाएको छ ।

कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधीसम्म सम्पुर्ण ऋणपत्र विक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

prabhu mahalaxmi
kumari