दुई फाइनान्स कम्पनीको साधारण सभा आज

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६
काठमाडौं । सेन्ट्रल र रिलायन्स फाइनान्सको साधारण सभा आज (फागुन १६ गते) हुँदैछ । सेन्ट्रल फाइनान्सको साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट भएको छ । सभामा फाइनान्सले गत वर्षको नाफाबाट दिन लागेको ७% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
यस्तै, रिलायन्सको साधारण सभा बानेश्वर ब्यांकेट, थापा गाउँमा बिहान ११ बजेबाट नै भएको छ । सभामा फाइनान्सले गत वर्षको नाफाबाट दिन लागेको ६.५८% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
यसका साथै, दुवै कम्पनीको सभामा आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ एजेन्डा छ । आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । दुवै कम्पनीले उक्त सभा प्रयोजनको लागि कम्पनीले माघ २८ गतेबाट बुक क्लोज गरेका छन् । तसर्थ, माघ २७ गते सम्मका लगानीकर्ताले लाभांश पाउने छन् ।
१६ फागुन २०७६, शुक्रवार १२:४८ बजे प्रकाशित